Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाहालमाथि ओलीको आरोप र व्यंग्यको वर्षा, ‘बाउ होस् त यस्तो, ससुरा होस् त त्यस्तो !’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 3.2K
    SHARES

काठमाडौं,/  प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका पूर्व सहयोद्धाहरुमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको गाली वर्षाको निशानामा पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्म पर्नुभएको छ ।

आफूनिकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले पुष्कमल दाहालले आफ्नो परिवारबाहेक अरु केही नसोच्ने टिप्पणी गर्नुभयो ।

अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? भन्ने कटाक्ष दाहाललाई गर्दै ओलीले भन्नुभयो, ‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरू छन् ‘., छोरीलाई जिताउन मत पत्र च्यात्नै प¥यो । ज्वाइँ छन्, घर किन्दिनै पर्‍यो । बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।’

दाहाललाई आजको स्थानमा पुर्‍याउने योद्धाका छोराछोरी छन् कि छैनन् ? अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? ओलीको कटाक्ष थियो ।

देशलाई सुशासनको बाटोमा लैजान भ्रष्टाचार नियन्त्रण जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य स्पष्ट रहेको र कसैलाई नछाड्ने चेतावनी पनि दिनुभयो ।

आफै नेतृत्वको नेकपालाई हुत्ती नभएको पार्टीको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले ‘लेफ्ट पार्टी जोडेर देशको विकासमा समर्पित, आधुनिक, सभ्य र अरूले पनि आहा भन्ने देश बनाउने लागेको तर राम्रो कामको पनि समर्थन गर्ने आँट नभएको, हुत्ती नभएको पार्टी’ बनेको टिप्पणी गर्नुभयो ।

आफूबाहेक अरुले देशभक्तिको नक्कली कुरा गरेको भन्दै भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तर्वार्तालाई लिएर राष्ट्रवादको बबण्डर मच्चाएको आरोप लगाउनुभयो ।

राष्ट्रियता र देशभक्ति बिकाउ वस्तु नभएको भन्दै उहाँले भन्नुभयो, ‘मैले अस्ती एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ, त्यो पत्रकारले आफ्नो देशमा गएर सगरमाथा नाप्नेको नामबाट माउन्ट एभरेस्टको नाम राख्नुपर्छ भनेछ । यता आलोचना गर्न केही भेटाएनछन्, यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । यति बहकिनुपर्ने थियो ? राष्ट्रवाद भनेको तमासा गर्ने कुरा हो ?’

आफ्नो अन्तर्वार्तालाई नौटंकी भनेको भन्दै क्रूद्ध देखिनुभएका ओलीले प्रश्न गर्नुभयो, ‘उहाँहरूले पनि कहिले–कहिले विदेशीलाई अन्तर्वार्ता दिँदा देशको इज्जत राख्नुभएको छ ? नक्कली कुरा गर्नु देशभक्ति होइन ।’

दाहाल–नेपाल समूहमा लागेका भीम रावलले आफूलाई महिलाको किड्नी राखेकाले दिमागले काम गरेन भनेको आक्षेप दाहोर्‍याउँदै ओलीले रावलको विद्यावारिधीमाथि नै प्रश्न गर्दै भन्नुभयो, ‘के विषयको डाक्टर हो, बुद्धिचाहिँ कहाँ छ ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४