Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गंगामायाको जीवन रक्षा गर्न सरकारलाई मानव अधिकार आयोगको ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.1K
    SHARES

काठमाडौं, / राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि संघर्षरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै सत्याग्रही गङ्गामाया पछिल्लो पटक ३२ दिनदेखि अनशनरत हुनुहुन्छ ।

लामो समयदेखिको आमरण अनशनका कारण उहाँको स्वास्थ्य स्थिति जटिल बनेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । स्वास्थ्य अवस्था निरन्तर अनुगमन गरिरहेको पनि आयोगले जनाएको छ ।

उहाँको जीवनरक्षा, स्वास्थ्येपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।

पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनशनमा रहनुभएकी अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिए पनि निजको स्वास्थ्य अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको आयोगका प्रवक्ता डा. टीकाराम पाखरेलले जनाउनुभएको छ ।

गंगामायाको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवन रक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, निजको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न आयोगले नेपाल सरकारसँग फेरि आग्रह गरेको हो ।

आयोगले आमरण अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न पनि अनशनरत गङ्गामाया अधिकारीसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४