Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब अन्नपूर्ण आधार शिविर जान पीसीआर रिपोर्ट नचाहिने !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 24.5K
    SHARES

गण्डकी, / अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पीसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पीसीआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो ।

छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको हो ।

समितिका सचिव दिलीप गुरुङका अनुसार कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेको अवस्थालाई दृष्टिगत गरी पीसीआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो ।

“हामीले केही समयअघि पाहुनाका लागि होटल खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौँ”, उनले भने, “अब कोरोना सङ्क्रमण पनि घट्दै गएको र जनजीवन पनि सामान्य अवस्थामा फर्किएका कारण पीसीआर रिपोर्ट अलि झन्झटिलो महसुस गरी समितिले यस्तो निर्णय लिएको हो ।”

आधार शिविर आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन समितिले भनेको छ । पदमार्गअन्तर्गत देउरालीसम्म होटल पूर्णरूपमा खुलेको त्यहाँबाट माछापुच्छ्रे आधार शिविर दुई घण्टा र अन्नपूर्ण आधार शिविर थप आधा घण्टामा पुग्न सकिने उनले जानकारी दिए ।

अहिलेका अवस्थामा अन्नपूर्ण आधार शिविरसम्म पुगी देउराली आएर बास बस्न सकिने सचिव गुरुङको भनाइ छ । यही हप्ताभित्रमा माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा पनि होटेल खुलाउने तयारी गरिएको समितिले जनाएको छ ।

आगामी फागुनबाट कामदारसमेत फर्किएपछि अन्नपूर्ण आधार शिविर पूर्णरूपमा खुल्ने र हालका लागि आधार शिविर पुगी देउरालीसम्म फर्केर बस्ने व्यवस्था मिलाइएको छ ।

देउरालीबाट आधार शिविरसम्म जानका लागि स्थानीय पथप्रदर्शक व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४