Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्लाहीमा २ सय जना अट्ने देशकै ठूलो मानव सेवा आश्रम बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 5.5K
    SHARES

सर्लाही । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नु भएको सडक मानव उद्दार कार्यक्रमअन्तर्गत गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय ‘सडक मानव’ उद्दार कार्यक्रमका लागि सर्लाहीको हरिवन नगरपालिकामा प्रदेश दुईकै ठूलो तथा देशको १५औं जिल्ला शाखा तथा २२ औं सेल्टरको रूपमा स्थापना गरिएको मानव सेवा आश्रम हो ।

आश्रममा अशक्त, बेसहारा, अभिभावकविहीन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिडने ‘सडक मानव’लाई राख्ने उद्देश्यले आश्रम सञ्चालनमा ल्याइएको हो । हाल हरिवन नगरपालिका–९, नयाँरोड चोकस्थित ज्ञानज्योति विद्यालयको पुरानो भवनलाई मासिक ४० हजार रुपैयाँ भाडामा लिएर आश्रम सञ्चालनमा ल्याइएको छ ।

तर, भविष्यमा हरिवन नगरपालिका–८ स्थित फेदीमा नगरपालिकाले उपलब्ध गराएको १ विगाह जग्गामा आश्रमको आफ्नै भवन निर्माण गर्ने तयारी भइरहेको छ । यसरी आश्रममा बस्न पाउँदा ‘सडक मानव’ पनि खुशी छन् ।

आश्रममा हालसम्म ६३ जना सडक मानवलाई उद्दा गरी ल्याइएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायत जिल्लाबाट समेत सडकमा मागेर हिड्ने गरेका व्यक्तिहरू यस आश्रममा राखिएको छ । आश्रममा रौतहटबाट समेत सडक मानवलाई उद्धार गरी ल्याउने तयारी भइरहेको आश्रमले जनाएको छ । पर्सामा पनि आश्रमको सानो भवन भएकाले बारा र पर्साका व्यक्तिहरूलाई भने पर्सामै राखिने भएको छ ।

हरिवनको आश्रम भने प्रदेश २ कै नमुना र २ सय जनासम्म राख्न सकिने गरी पूर्वाधार विकासको काम अघि बढेको छ । भवन निर्माणका लागि हरिवन नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

हाललाई आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ तथा विभिन्न शुभकार्यमा आर्शिवाद लिन आउने व्यक्तिले दिएको रकम तथा मुठी दान, मासिक दाता, वार्षिक दाताको रुपमा सहयोग संकलन गरेर आश्रम संचालनमा आएको छ । अब भने विशेष अभियान सञ्चालन मार्फत सहयोग सङ्कलनको तयारी भइरहेको अभियन्ता धर्म प्रसाद पौडेल बताउनुहुन्छ ।

आश्रममा राखिएकाहरूलाई मानसिक रोग सम्बन्धी विशेषज्ञबाट स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि समेत चलाइने गरिएको छ । सर्लाही आश्रममा मात्र दैनिक २५ हजार हाराहारीमा खर्च रहेको छ । यस क्षेत्रमा यस आश्रमको आवश्यकता रहेकाले हरिवन नगरपालिकाले समेत यसको विकासमा कुनै कसर बाँकि नराखी काम गर्ने हरिवन ९ का वडाध्यक्ष सिताराम पोखरेल बताउनुहुन्छ ।

सडकमा बस्ने कसैको रहर हुदैन्, बाध्यता र परिस्थितिले सडकमा पुगेका हुन्छन् । त्यसैले यस्ता सडक मानवलाई घृणा हैन, माया तथा उचित व्यवस्थापनमा हामी सबै एकजुट भएर लाग्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४