Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पिएम कप क्रिकेट– पीएफद्वार गण्डकी ६ विकेटले पराजित, आशिफको अर्धशतकीय पारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गदै विभागीय टोली सशस्त्र प्रहरीले बल (एपीएफ)ले काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित निकालेको छ ।

गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १८.३ (१ सय ९५ बल बाँकी छँदै) ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि आशिफ शाहले अर्धशतकीय पारी खेले । उनले ५६ बलको सामना गर्दै ५ चौका र ६ छक्काले मद्दतले ६८ रन बनाए । यस्तै सुमन महर्जनले १८ रन जोडे ।

बलिङतर्फ गण्डकी प्रदेशका चन्द्र पौडेल र विशाल पौडेलले समान दुई–दुई विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको गण्डकी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन जोडेको थियो । उसका लागि समीर कँडेलले सर्वाधिक ३६ रन बनाए भने दीपेश खत्री र विष्णु पाण्डेले समान १५–१५ रन जोडे । दिनेश बुढामगरले १२ रन बनाए ।

गण्डकीलाई सस्तैमा समेट्न सशस्त्रका किशोर महतो एक्लैले ४ विकेट लिए । कमल ऐरीले ३ तथा अभिनास बोहोरा र भुवन कार्कीले समान २–२ विकेट लिए ।

जितसँगै सशस्त्र प्रहरी बल समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । सशस्त्रले अर्को खेल शनिबार कर्णाली प्रदेशसँग खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४