Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पिएम कप क्रिकेट : धमलाको शतकमा लुम्बिनीलाई ३ सय ११ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनायो ।

पुलिसका लागि सुनिल धमलाले शतकीय पारी खेले । उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतले १ सय ४ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी र पवन सराफले अर्धशतकीय पारी खेले । दीपेन्द्रले ८५ रन बनाउँदा पवनले नटआउट ५० रन बनाए । यस्तै पुलिसका आरिफ शेखले २९ र अमित श्रेष्ठले २८ रन बनाए ।

बलिङतर्फ लुम्बिनी प्रदेशका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले १–१ विकेट लिए ।

यस्तै, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले विभागीय टीम सशस्त्र प्रहरी बललाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङमा तानिएको गण्डकी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन जोड्न सक्यो । उसका लागि समीर कँडेलले सर्वाधिक ३६ रन बनाए भने दीपेश खत्री र विष्णु पाण्डेले समान १५–१५ रन जोडे । दिनेश बुढामगरले १२ रन बनाए ।

गण्डकी प्रदेशलाई सस्तैमा समेट्न सशस्त्रका किशोर महतो एक्लैले ४ विकेट लिए । यस्तै कमल ऐरीले ३ तथा अभिनास बोहोरा र भुवन कार्कीले समान २–२ विकेट लिए ।

अहिले सशस्त्र प्रहरी बल र लुम्बिनी प्रदेशको टोलीले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४