विराटनगर,/ यहि माघ ७ गते देखि शुरु हुने प्रदेश १ को प्रदेश सभा अधिवेशनको तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।बजेट अधिवेशन कोरोना माहामारीका कारण दुर्इ वटा हलमा संचालन गरिएको थियो भने हिउदे अधिवेशन एउटै हलमा गर्ने तयारी गरिएको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलिले जानकारी दिनुभयो ।
उहाँले विधिवत रुपमा पार्टी विभाजन नभएको अवस्थामा अधिवेशन हलमा दुबै पक्षका लागि एकै ठाँउमा सिट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । सचिव पराजुलिले हिउदे अधिवेशन विधेयक अधिवेशन समेत भएकाले केही विधेयकहरु आउने जानकारी पाएको बताउनु भएको छ ।
नेकपा विभाजन तर्फ उन्मुख भएपछि प्रदेश सभा अधिवेशन संचालनमा समेत चुनौति देखिएको छ । अधिवेशन संचालन हुनु भन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरेको प्रदेश सचिवालयले जनाकारी दिएको छ ।
नेकपा भित्रको विवाद प्रदेश १ मा झन उग्र बन्दै गएको छ मुख्य मन्त्री शेरधन राई पक्षले १६ जना प्रदेश सांसदलाई निलम्बन गरेको छ भने भीम आचार्य समुहले मुख्यमंत्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । नेकपा भित्र एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने र निलम्बन गर्ने होडवाजीनै चलेको छ ।
एकले अर्कोलाई कारवाही र निलम्बन गरेर अघि बढेका सत्तारुढ ओली पक्ष र दाहाल नेपाल पक्षका सांसद सदस्यहरु प्रदेश सभामा कसरी प्रस्तुत हुनछन् भन्ने भए पछि सचिवालयले सभाहल भित्रको गतिविधलिाई संवेदनशील भएर हेरेको पाइन्छ ।
दुई समुहमा विभाजन भएको नेकपा भित्र दाहाल नेपाल समुहले मुख्यमंत्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । अविश्वासको प्रस्ताव माथि छलफल अगाडी बढाउने क्रममा सभाहलको वातावरण तयार गर्न सचिवालयले सभाहलभित्र र बाहिरको तयारीलाई तिब्रता दिएको बताएको छ ।