Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा एम्बुलेन्ससहित चार सवारी एकै ठाउँमा ठोक्कियो, दुईको मृत्यु, तीन गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 4.6K
    SHARES

झापा । झापाको दमकमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार पूर्व– पश्चिम राजमार्ग अन्तरगत दमक– ४ तारावारी भन्ने स्थानमा एम्लेबुन्स, अटो, मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा अटो चालक मोरङ उर्लावारी – ४ निवासी ५० वर्षीय देवेन्द्र वुढाथोकी र सोही अटोमा सवार ४२ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा अटोमा सवार सुनसरीको इनरुवा – ७ निवासी २४ वर्षीय सौजन मगर, दमक – ४ निवासी २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक – २ निवासी २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च १२४६ नम्वरको एम्वुलेन्स र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०१– ००३ ह ६२४ नम्वरको अटो आपसमा ठक्कर खाएको र एम्वुलेन्स भन्दा पछाडि रहेको को ११ प ९५२५ नम्वरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २५ प १९३३ नम्वरको स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४