Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, आठ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 5K
    SHARES

काठमाडौं । पोखरा र इटहरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

बागलुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को३२प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४