Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘मास्टर’को टिकट लिन दर्शकको भीड बढेपछि हल संचालकले बोलाए प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 2.7K
    SHARES

कोरोना भाइरसका कारण केही महिना बन्द रहेका भारतका चलचित्र भवनहरु अक्टुबर १५ बाट संचालनमा आए । ५० प्रतिशत अकुपेन्सीमा हल संचालन भैरहेपनि दर्शकको चाप भने खासै देखिएको छैन ।

तर, बुधबारदेखि रिलिज हुन लागेको साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’ले भने दर्शकलाई हलसम्म फर्काउने पक्का देखिएको छ । यो चलचित्रको बुकिङ सोमबारदेखि नै खुलेको हो । सोमबारदेखि हलले बुकिङ खुल्ला गरेपछि दर्शकको भीड अत्याधिक देखिएको छ । चलचित्रको टिकट लिनका लागि दर्शकको भीड अत्याधिक बढेपछि चेन्नाइको एक चलचित्र भवनका संचालकले प्रहरीलाई नै बोलाउनु परेको छ ।

भारतीय मिडियाका अनुसार, बुकिङ खुल्ला भएसँगै हलमा टिकट लिनेहरुको भीड बढेको थियो । दर्शकहरुले न त सामाजिक दुरी कायम गरेका थिए न त धेरैले मास्क नै लगाएका थिए । हल संचालकले काउन्टरबाटै टिकट लिन नपाइने व्यवस्था गर्दै अनलाइन बुकिङ मात्र खुल्ला गर्नु परेको थियो ।

भारतीय चलचित्र पण्डितहरुले ‘मास्टर’ले बम्पर व्यापार गर्ने विश्लेषण गरेका छन् । यो चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज हुँदैछ । लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४