Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुगुमा बाजागाजा साथ ओलीसमूहको र्‍याली (फोटोफिचर)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 7.7K
    SHARES

 मुगु/  मुगुमा नेपाल कम्यूष्टि पार्टी नेकपाका ओली समूहले बाजा गाजा सहित र्‍याली निकहालेका छन् । र्‍यालीमा ओली समर्थकले ‘केपी ओली रेलमा , भ्रष्टाचारी जेलमा , आजलाई होइन भोलिलाई , १० वर्ष ओलीलाई’ प्रचण्ड तिम्रो पाराले जनता बिगारे साराले जस्ता लगायतका नारा लगाएका थिए ।

र्‍याली पश्चातको भेलामा बोल्दै संघिय संसदका सांसद तथा नेकपा मुगु जिल्ला पार्टी ईन्चार्ज मोहन बानियाका अनुसार नेपाल कम्युनिष्ठ पार्टी भित्रका नेता पुष्पकमल दाहाल प्रचण्ड , नेता माधव कुमार नेपाल,  झलनाथ खनाल लगायतका पार्टी भित्रका नेताहरुले यो दुई तिहाईको सरकार लाई बारम्बार पार्टी सञ्चालनमा गर्न बाधा पुर्याएको लगाएका छ् । पार्टी भित्रै भाँड भैलो गर्ने गुट बन्धिको राजनिति सञ्चालन गर्ने गरेको उनको तर्क रहेको थियो ।

नेपाली जनता लाई विभिन्न प्रकारका लाञ्छना , झुक्याउने , रणभुमि बनाएको बताए । बानियका अनुसार प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संवैधानिक कदम सहि हो, उनले भने । वृहत भेलामा जिल्लाका नगरपालिका सहित गाउपालिकाका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा मुगुका नेता डम्बर रावलका अनुसार पछिल्लो समय नेकपाका प्रचण्ड माधव नेपाल समुहहरु ब्वाँसो भएर भित्रिन थालेको उनले अडान राख्नु भएको छ । यिनिहरुले गर्दा प्रधानमन्त्री ओलि लाई बाध्य भएर संसद विघटन गर्न लाएको बताए । उनले भने जनता सुखी र समृद्ध हुन्छन भन्ने डाहा र रिसले प्रचन्ड(नेपालले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएका र ताजा जनादेशका लागी प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटनको निर्णय लिएका दावी गरे ।

उनले भने नेकपा फुटेको भन्दै जनतामा चिन्ता र चासो भएको छ । पार्टी कानूनी रूपमा विभाजन भएको छैन । केही व्यक्तिहरू बाहिर मात्र गएका हुन्, एक दिन प्रचण्ड-माधव नेपाल पनि केपी ओलीको साथमा आउने नेता रावलको भनाई रहेको छ । भेलामा विधान समितिका सभापित दान सिहं परियार , केन्द्रिय सदस्य उब्जन शाही , सोनाम लामा , जिल्ला समन्वय समिमिका प्रमुख , पुर्ण बहादुर रोकाया , लगायतका नेताले सहभागिता भई तर्क राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४