Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाको तल्लो तहसम्म पुग्यो कारबाहीको होड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 2.9K
    SHARES

कैलाली /  नेकपा दाहाल-नेपाल समूहले नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

दाहाल-नेपाल समूहले आयोजना गरेको प्रदेश कमिटीको चौथो बैठकले दुवैजनालाई कारबाही गर्न सिफारिस गरेको हो । उक्त बैठकमा साबिकका इन्चार्ज भीम रावल सहभागी थिए । तर, अध्यक्ष कर्ण थापा भने उपस्थित थिएनन् । अध्यक्षविनाको बैठक वैधानिक नभएको भन्दै पुस १७ गते गरिएका सम्पूर्ण निर्णयहरू खारेज गरिएको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

२२ गते धनगढीमा ओली पक्षले पनि प्रदेश कमिटीको चौथो बैठक आह्वान गर्‍यो । उक्त बैठकबाट ओली समूहले भीम रावललगायत ३ नेतालाई कारबाहीको सिफारिस भयो । इन्चार्ज रावलसँगै प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप पनि लगाइएको छ, जसको रावलले खण्डन गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ । प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन् । थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको थियो ।

कारबाही श्रृंखला बढ्दै

पुस १४ गते सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठन सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । ओली समूहमा रहेकै कारण मन्त्री बोहरालाई विनाजानकारी मुख्यमन्त्रीले बर्खास्त गरेका थिए । यो घटनापछि सुदूरपश्चिम प्रदेशमा एकले अर्कालाई कारबाहीको श्रृंखला सुरु भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा भौतिक मन्त्री पठान सिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा मात्रै ओली समूहमा थिए । मुख्यमन्त्री भट्टले भौतिकमन्त्री बोहरालाई बर्खास्त गरेपछि अर्थ मन्त्री बोहरालाई भने हटाउने आँट गर्न सकेनन् । पछि पुस २२ गते काम गर्ने वातावरण नभएको भन्दै अर्थमन्त्री बोहराले पनि राजीनामा दिए ।

औपचारिकरूपले पार्टी फुट्नुभन्दा अघि नै सरकारभित्र कारबाही प्रक्रिया सुरु भइसकेको थियो । यो श्रृंखला सरकार हुँदै पार्टीमा छिर्यो । अहिले पार्टीभित्र एक पक्षले अर्काे पक्षलाई धमाधम कारबाही गरिरहेका छन् ।

सोमबार ओली पक्षले कञ्चनपुरका पार्टी सचिव तारा लामा तामाङलाई कारबाही गर्यो । सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका तामाङलाई जिल्ला पार्टी सचिवको जिम्मेवारीबाट हटाएको ओली समूहले जनाएको छ ।

सोमबार नै अछाममा अध्यक्ष शेर बहादुर कुँवर र सचिव झपट साउदलाई पनि जिम्मेवारीबाट हटाइएको छ । उनीहरू दुवै जना दाहाल-नेपाल समूहका हुन् । अहिले कसैलाई कारबाही नगरेको र जिम्मेवारीबाट मात्रै हटाइएको नेकपा ओली समूहका अध्यक्ष थापाले जानकारी दिए ।

‘हामीले पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेका होइनौँ’ उनले भने, ‘उहाँहरूको जिम्मेवारी मात्रै खोसिएको हो ।’

ओली पक्षले मंगलबार धनगढीमा कैलालीको विस्तारित बैठक आह्वान गरेको छ । सो बैठकबाट थप ३ जनालाई कारबाही गर्ने ओली समूहको तयारी छ । लाल बहादुर सोडारी, कार्यालय सदस्य विनीता चौधरी र नवीन धामीलाई कारबाहीको तयारी भइरहेको ओली समूहका एक नेताले बताए ।

सोडारी दाहाल-नेपाल समूहका कैलाली पार्टी सचिव हुन् भने चौधरी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री हुन् ।

ओली पक्षले जिल्लामा धमाधम कारबाही गरिरहेका बेला प्रचण्ड-दाहाल पक्षले कारबाहीमा परिसकेका व्यक्तिको अध्यक्षतामा बसेको बैठकले गरेको कारबाही वैधानिक नहुने बताउँछ । ‘हामीले प्रदेश अध्यक्ष कर्ण थापालाई पुस १७ गते नै कारबाही गरिसकेका थियौँ,’ दाहाल-नेपाल समूहका प्रदेश सचिव नेपबहादुर चौधरीले भने, ‘उहाँ कारबाहीमा परिसकेपछि हामीलाई कारबाही गर्नुभएको रहेछ त्यो वैधानिक होइन ।’

प्रदेशबाट जिल्ला हुँदै कारबाहीको श्रृंखला अहिले पालिकास्तरमा समेत पुगिसकेको छ । पुस २६ गते कैलालीको घोडाघोडी नगरपालिकामा दाहाल-नेपाल समूहले अध्यक्ष बाधुराम चौधरीलाई कारबाही गरिएको छ ।

घोडाघोडी नगर सचिव खगेन्द्र हमालले जारी गरेको विज्ञप्तिमा चौधरीलाई केपी ओलीको कदमको समर्थन गरेर विज्ञप्ति जारी गरेपछि अध्यक्ष पदबाट निष्कासन गरिएको उल्लेख छ ।

प्रदेश पदाधिकारीमा को हाबी ?

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका पदाधिकारीमा ओली पक्षका भन्दा दाहाल-नेपाल पक्षका पदाधिकारी बढी छन् ।

९ जिल्लामध्ये हालसम्म ओली पक्षका ४ जिल्लामा अध्यक्ष र २ जिल्लामा सचिव रहेका छन् । दाहाल-नेपाल समूहका भने ५ जिल्लामा अध्यक्ष र ७ जिल्लामा सचिव रहेका छन् ।

अहिले ओली समूहले दाहाल-नेपाल समूहमा रहेका जिल्लाका पदाधिकारीहरुलाई हटाएर आफू पक्षका व्यक्तिहरुलाई जिम्मेवारी दिइरहेको छ ।

कुन जिल्ला कसको पक्षमा ?

कैलाली
अध्यक्ष- रतन थापा, ओली पक्ष
सचिव- लाल बहादुर सोडारी, दाहाल-नेपाल समूह

कञ्चनपुर

अध्यक्ष- वीरबहादुर थापा, ओली समूह
सचिव- तारा लामा तामाङ, दाहाल-नेपाल समूह

डोटी

अध्यक्ष- चक्र मल्ल, दाहाल-नेपाल समूह
सचिव- जङ्ग विक, दाहाल-नेपाल समूह

बझाङ
अध्यक्ष- मीनबहादुर कुँवर, दाहाल-नेपाल समूह
सचिव- दमन भण्डारी, दाहाल-नेपाल समूह

डडेल्धुरा
अध्यक्ष- मानसिंह माल, दाहाल-नेपाल समूह
सचिव- वीरेन्द्र कुमार बस्नेत, दाहाल-नेपाल समूह

दार्चुला

अध्यक्ष- गणेश सिंह खत्री, दाहाल-नेपाल समूह
सचिव- उदय बडाल, ओली समूह

बैतडी
अध्यक्ष- सुरेन्द्र पाल, ओली समूह
सचिव- प्रेम प्रकाश भट्ट, दाहाल-नेपाल समूह

अछाम
अध्यक्ष- शेरबहादुर कुँवर, दाहाल-नेपाल समूह
सचिव- झपट साउद, दाहाल- नेपाल समूह

बाजुरा
अध्यक्ष- कालीबहादुर शाही, ओली समूह
सचिव- भरत बुढा, ओली समूह ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४