Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय मिडियासँग ओलीले भने– प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 4.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् ।

भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सन् २०२१ लाई नेपाल र भारतको विचमा कुनै पनि समस्या नरहेको वर्षको रुपमा घोषणा गरिने छ ।’ उनले अगाडि भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन् । भारतसँग एउटा सानो समस्या (कालापानी) रहेको छ ।’

भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ ।’

प्रचण्डको आलोचना

यस अगाडि देशको आन्तरिक मामिलाका सम्बन्धमा नेताहरुले भारतीय सन्चारमाध्यमसँग बोल्ने गरेको भन्दै त्यसमा आपत्ती जनाउने गरेका प्रधानमन्त्री ओलीले भारतीय मिडियासँग भने आफ्नै पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी गरेका छन् ।

अन्तरवार्ताको क्रममा प्रधानमन्त्री ओलीले देशको आन्तरिक राजनीतिको बारेमा पनि टिप्पणी गरेका छन् । अन्तर्वार्तामा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले अस्थीर चरित्र भएको नेता भनेका छन् । प्रचण्डसँगको तपाईंको सम्बन्ध कस्तो छ भनि सोधिएको प्रश्नमा ओलीले भनेका छन्, ‘धेरै राम्रो प्रश्न गर्नु भएको छ । तपाईंले पुष्पकमल दाहाललाई चिन्नु हुन्छ, उनको पृष्ठभूमि, उनको इतिहास तपाईंलाई थाहा छ । उनका गतिविधिहरु वास्तवमा नै प्रजातान्त्रिक छैनन् ।’

उनलाई यो सबै थाहा पाएर पनि किन दुईपटक प्रचण्डसँग मिलेर सरकार बनाउनु भयो भनि प्रश्न सोधिन्छ । त्यसको उत्तरमा ओलीले भनेका छन्, ‘मैले उनलाई कहाँबाट ल्याएँ, मैले उनीसँग संविधान बनाउन सहकार्य गरेँ, उनको चरित्र अस्थीर छ । उनको चरित्रको बारेमा पनि धेरै होसियार थिएँ । अस्थीरता उनको चरित्रको नतिजा हुनसक्छ ।’

उनले प्रचण्ड र माधव कुमार नेपालका पछिल्ला गतिविधिहरुले अचम्मित भएको समेत बताएका छन् । उनले अगाडि भनेका छन्,‘ उहाँहरुको पार्टीमा पोजिसन यथावत रहेको छ । अहिले पनि मेरा दोस्रो अध्यक्ष पुष्पकमल दाहाल नै हुन्, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल नै हुन् ।’ उनले प्रचण्ड र नेपाल पार्टीमा आए क्षमा दिएर स्वीकार समेत बताएका छन् ।

नेकपा मिलाउनको लागि चीन सक्रिय भएको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी हाम्रो स्वायत्तता, स्वतन्त्रतालाई प्रेम गर्छौं र हामी कोहीबाट पनि निर्देशन हुन चाहँदैनौ । हामी अरुको निर्देशन मान्दैनौ ।’

उनले देशको आन्तरिक मामिलामा कुनै वाह्य हस्तक्षेप आफूहरुले नचाहेको समेत बताए । भारत र चीनको कार्ड नखेल्ने बताउँदै उनले आवश्यक परे भारत र चीनको विवाद मिलाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि तयार रहेको बताए ।

ऋण गरेर घिउ खाँदैनौ

चीनको बेल्ट एण्ड रोड परियोजना र त्यसले ल्याउनको ऋणको पासोको सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओली विकासका लागि स्रोत र साधनको आवश्यकता पर्ने र कहिलेकाहीँ ऋण पनि लिनुपर्ने बताए । तर कुनै परियोजनाको लागि कुनै ऋण लिँदा सावधानी अपनाउने समेत बताए । उनले भने, ‘ऋण गरेर घिउ खाने हाम्रो सिद्धान्त होइन । तर हामीले केही सहयोग र ऋण चाहिँ लिनुपर्छ ।’

प्रधानमन्त्रीले अन्य मुलुकबाट ऋण लिएजस्तै चीनबाट लिइने र त्यो धेरै रकम नहुने समेत बताए । उनले त्यस्तो रकम प्रतिफल दिने क्षेत्रमा मात्र लगानी गरिने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४