Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५ हजार ३ सय ९ जनाको परीक्षण गर्दा मुलुकमा ४ सय ८८ संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 13.7K
    SHARES

काठमाडौं, /  मुलुकमा थप ४ सय ८८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ९२ र पुरुषको संख्या २ सय ९६ छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८८ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।

काठमाडौं उपत्यकामा ३ सय १४ संक्रमित थपिए

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय १४ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय २९ जना महिला र १ सय ८५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २३ हजार ५ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय २७ निको भए, १० संक्रमितको मृत्यु

यसैगरी कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय २७ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय २७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३ सय ७३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख ८७ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४