Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत र चीनबाट धार्मिक पर्यटक ल्याउने : मन्त्री ढकाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 4.7K
    SHARES

काठमाडौं, /  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पर्यटन क्षेत्रका व्यवसायीसँगको भेटमा ढकालले आन्तरिक पर्यटनलाई जोड दिने र भारत तथा चीनबाट धार्मिक पर्यटक ल्याउन प्रचार प्रसारमा लाग्ने समेत बताउनुभयो ।

मन्त्रीलाई भेट्न सिंहदरबार पुगेका व्यवसायीहरुले बाह्य पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नरहेकाले आन्तरिक पर्यटनलाई जोड दिनु पर्ने माग गरेका छन् ।

व्यवसायीहरुले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न पनि सरकारसँग माग गरेका छन् ।

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले आन्तरिक पर्यटकहरुलाई पनि स्थानीय तहहरुले पीसीआर रिपोर्ट मागेका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समस्या भएको गुनासो गर्नुभयो ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादु सुवेदीले कोरोना खोप लगाएर आएका विदेशी पर्यटकलाई कसरी भ्रमण गराउने भन्ने सम्बन्धमा छुट्टै मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।

आरोही संघकी अध्यक्ष लाक्पा फुटी शेर्पाले लामो समय पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन बनेका आरोहीहरु समस्यामा परेका भन्दै राहतको माग गर्नुभयो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले प्रदेशमा रहेका पर्यटन कार्यालयमा कोभिडलाई कारण बनाई कर्मचारी नबस्दा समस्या हुने गरेको बताउनुभयो ।

स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टिइनमा राख्न कुनै आवश्यकता नरहेको गुरागाईको तर्क छ ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)का अध्यक्ष अरनिको राजभण्डारीले रेस्टुरेन्ट र बार पर्यटन क्षेत्र भित्र पनि नपर्ने भएकोले राष्ट्र बैंकले दिएको राहत पाउन समेत नसकिएको दुखेसो व्यक्र गर्नुभयो ।

गत वर्ष चैत ११ गते बाट लकडाउन शुरु भएपछि नेपालको पर्यटन क्षेत्र ठप्प छ ।

लकडाउन खुलेपछि पनि स्वास्थ्य मापदण्डका कारण अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४