Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखामा पृथ्वी जयन्तीको अवसरमा दही वितरण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 5.2K
    SHARES

गोरखा । २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गोरखामा दही वितरण गरिएको छ । इतिहासको जर्गेनाका लागि भन्दै सोमबारबाट कार्यक्रमको थालनी गरिएको कार्यक्रम संयोजक सन्दिप श्रेष्ठले बताए । बिहान करिब ८ बजे विधिवत पूजा गरी गोरखनाथलाई चढाएको दही गोरखा दरबार आएका भक्तजनहरुलाई प्रसाद स्वरुप वितरण गरिएको उनले जानकारी दिए ।

‘गोरखनाथले पृथ्वी नारायण शाहलाई दिएको जुठो दही हात थापेर खाने क्रममा पोखिएर खुट्टामा परेको र गोरखनाथले यो खुट्टाले जहाँ टेक्छौ त्यहीँ विजयी प्राप्त गर्छाै भनेर आशिर्वाद दिएकाले राज्य एकीकरणमा पृथ्वी नारायण शाह सफल भएको इतिहास छ,’ श्रेष्ठले भने, ‘त्यही इतिहासको सम्झना स्वरुप आजबाट दही वितरणको कार्य सुरुवात गरेका हौं ।’ स्थानीय नागरिकको अगुवाइमा भएको उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।

इतिहासको जर्गेना गर्न कार्यक्रमले सहयोग पुग्ने गोरखनाथ मन्दिरका पुजारी प्रदिप योगी बताउँछन् । ‘गोरखनाथले पृथ्वी नारायण शाहलाई दिएको दहीबाट शक्ति प्रदान भएर उनलाई राज्य एकीकरण गर्न सहज भएको भन्ने इतिहास छ,’ उनले भने, ‘त्यही इतिहासको जर्गेना गर्न यो कार्यक्रमले सहयोग पुग्छ भन्ने अपेक्षा छ ।’

खुल्ला दौड प्रतियोगिता

दिवसकै अवसरमा सोमबार बिहान जिल्ला सदरमुकाममा खुल्ला दौड प्रतियोगिता भएको छ । गोरखा नगरपालिका र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको दौडको उपाधि नेपाली सेनाका रामजी बस्नेतले हात परेका छन् । रणसिंह दल गणमा कार्यरत उनले निर्धारित दुरी २३ मिनेट २५ सेकेण्डमा पार गरेका थिए ।

नेपाली सेनाकै सुनिल थापा उपबिजेता बनेका छन् । दौडेर राजा भएका द्रव्य शाहाले राज्याभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड सतिपिपल, पाटेचौर, हरमटारी चोक, पुरानो बसपार्क, नयाँ बजार, वीपीचोकदेखि पदेलीहुँदै गोरखा संग्राहालय अगाडि आएर टुङ्गिएको थियो ।

महिला खुल्ला दौड प्रतियोगीताको उपाधि भने गोरखा नगरपालिका सिमलगैरीकी पबित्रा बयलकोटीले जितेकी छिन् । कार्यक्रम गोरखा नगरपालिकाको आयोजनामाभएको हो ।

राष्ट्रिय एकता दिवसको अवसरमा जिल्लाका पाँच वटा स्थानीय तहले सोमवार सार्वजनिक बिदा पनि दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै गोरखा र पालुङटार नगरपालिका, अजिरकोट, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले बिदा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४