Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीरगञ्जमा पनि मनाइयो पृथ्वी जयन्ती


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 6.1K
    SHARES

वीरगञ्ज । वीरगञ्जमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नारायणी, नगरिक समाज पर्सा लगायतले पृथ्वी जयन्ती मनाएका हुन् ।

राष्ट्रिय सरोकार मञ्चले रथमा पृथ्वी नारायण साहको फोटो राखेर र्‍याली निकाल्दै नगर परिक्रमा नै गराएको थियो । घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, आदर्शनगर, अलखिया मठ, आदशनगर घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा आएर सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइँदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा आऊ, देश बचाऊ लगायतका नारा लगाएका थिए ।

सभामा बोल्ने वक्ताहरुले गणतन्त्र र संघियता खारेज गरेर २०४६ सालको संविधान लागू गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका थिए । पृथ्वी नारायण साहले देशका लागि दिएको योगदान अविस्मरणीय रहेको भन्दै उनीहरुले पुस २७ गते सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।

नागरिक समाज पर्साका अध्यक्ष डाक्टर दिपक शाक्यले नेपाललाई असान्त पार्नका लागि बाहिरबाट जात, धर्म, दलको नाममा लडाउने काम भइरहेको बताए । नेपाल बलियो रहे मात्रै नेपाली बलियो रहने बताउँदै उनले सबै मिलेर बसे मात्रै देशमा सुख शान्ति र समृद्धि आउने बताए ।
पृथ्वी जयन्तीको अवसरमा मञ्चले ४० जना महिलालाई साडी र कुर्ता सलवार वितरण गरेको प्रणय कुमार साहले जानकारी दिए ।

सरोकार मञ्चका नारायणी अध्यक्ष नन्द किशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो । घण्टाघरमा नागरिक समाज पर्साले पनि पृथ्वी जयन्ती मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४