Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 3.3K
    SHARES

एजेन्सी,/ फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिडका संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । पछिल्लो पटक अर्थात् आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ । आइतबार मात्र फ्रान्समा १५ हजार ९४४ जनामा कोभिडको संक्रमण पाइएको हो । तर यहाँका अधिकारीहरुले भने यही जनवरी ३ तारिखपछि यहाँ यो संख्या सबैभन्दा कम भएको बताएका छन् ।

आइबार देखिएको यो संख्या पछिल्लो हप्ता यताकै सबैभन्दा कम भएको फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ ।सो एजेन्सीले आइतबार यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १५१ मात्र रहेको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।

गएको शनिबार मात्र यहाँ २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको जनाएको थियो भने आइतबार यस संख्यामा उल्लेख्य मात्रामा कमी आएको पाइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।

महामारी सुरु भएदेखि यताको संख्या हेर्दा यहाँ २७ लाख ८३ हजार भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्सको यो संख्या युरोपेली देशहरुकै दोस्रो ठूलो संख्या हो भनेको छ । युरोपेली देशहरुमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमितहरुको संख्या बेलायतमा बढी देखिएको छ । यहाँ पछिल्लो समयमा कोभिडको नयाँ जातको संक्रमणको पनि प्रकोप बढेको देखिएको अर्को एक समाचारमा जनाइएको छ ।

उक्त एजेन्सीले दिएको जानकारीअनुसार फ्रान्समा ५७ हजार ७५० जनाको यस संक्रमणबाट ज्यान गएको छ । अहिले पनि हरेक दिन यहाँका नागरिक यो संक्रमणका कारण ज्यान गुमाइरहेका बताइएको छ । शनिबारसम्मको तथ्यांक हेर्दा यहाँका २४ हजार ५५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका देखिएको छ ।

तीमध्ये पनि यहाँका २ हजार ६२९ जनालाई आइसियुमा राखेर उपचार गराइएको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सका अधिकारीहरुले यहाँ पनि पछिल्ला केही हप्तायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण शुरु भएको जनाएका थिए ।

त्यसका कारण यहाँका धेरै जसो सेवा क्षेत्रहरुमा लकडाउन गरिएको छ । लकडाउनका कारण यहाँको जनजीवन पनि निकै नै प्रभावित भएको राजधानी पेरिसबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४