Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युटुबमा छोटो समयमै ‘छक्का पन्जा ३’लाई करोड भ्यूज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 8.3K
    SHARES

नेपाली चलचित्र हलमा रिलिज नहुँदा युटुबमा चलचित्र हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ । अझ, हलमा पनि दर्शकले अत्याधिक माया गरेका चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएका छन् ।

यसैले, पनि डिसेम्बर महिनामा युटुबमा रिलिज भएका चलचित्रले दर्शकको साथ राम्रो मात्र पाएका छैनन्, चलचित्र रिलिज गर्ने कम्पनीहरुलाई पनि राम्रै आम्दानी भएको छ । युटुबमा सार्वजनिक भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड दर्शकको माया पाएको छ । यो चलचित्रलाई सबैभन्दा छोटो समयमा युटुबमा १ करोड पटक हेरिएको छ । डिसेम्बर २३ मा युटुबमा रिलिज भएको चलचित्रले जनवरी ९ तारिखमा १ करोड भ्यूज पार गरेको छ । १७ दिनमा यो चलचित्रलाई १ करोड दर्शकले हेरेका छन् ।

चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले हलमा जस्तै युटुबमा पनि दर्शकले माया गरेकोमा खुशी व्यक्त गरे । दर्शकले युटुबमा पनि निकै प्रतिक्षा गरेकाले र सकारात्मक प्रतिक्रिया पाएकाले पनि भ्यूजमा नयाँ रेकर्ड बनेको हो ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाँई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले हलमा पनि ब्ल्कबस्टर व्यापार गरेको थियो । नेपाली चलचित्रको आजसम्मको इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा ३’ हो ।

यसअघि चलचित्र ‘ए मेरो हजुर ३’ले युटुबमा १९ दिनमा १ करोड भ्यूज पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४