Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा समर्थित कर्मचारीको चुनावमा ओली पक्षको प्यानल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 3.2K
    SHARES

इनरुवा,/ नेकपाको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल निमाजती कर्मचारी संगठनमा आबद्ध निर्वाचन प्रकृयामा ओली पक्षले प्यानल सहित स्पष्ट जित निकालेको छ ।

केन्द्रीय राजनीतिमा गुटगत देखिएको अवस्थाबाट सुनसरीमा सम्पन्न निजामती कर्मचारीको निर्वाचन प्रकृया समेत अछुतो रहन सकेन । उक्त चुनावमा समेत स्पष्ट दुई खेमा देखिएको थियो ।

कर्मचारीहरु संगठनको आधिकारिक संस्थाका रुपमा खोलिएको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड मार्फत चुनावी मैदानमा होमिएका थिए ।

उक्त चुवनामा ओली र माधव–प्रचण्ड गरी स्पष्ट दुई खेमा चुनावी मैदानमा देखिएका थिए । जसलाई नेकपाभित्रका गुटगत नेताहरु समेतले चासोका रुपमा लिएका थिए ।

निर्वाचन प्रकृयामा ओली पक्षबाट अध्यक्षमा लेखनाथ पौडेल र माधव–प्रचण्ड पक्षबाट हिमाल श्रेष्ठ नेतृत्वको टोलीले भाग लिएका थियो ।
प्राप्त मत परिणाम अनुसार अध्यक्षमा लेखनाथ पौडेल विजयी भएका छन् । उनले ४ सय ५१ मत ल्याई जित हात पार्दा हिमाल श्रेष्ठ भने २ सय ५७ मतका साथ पराजित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा कुष्णकुमार नेपालले प्रतिस्पर्धी यादव भण्डारीलाई पराजित गरेका छन् । सचिवमा कुमार न्यौपानेले जित निकाल्दा उमेश गौतम पराजित भएका छन् । यस्तै कोषाध्यक्षमा ओली पक्षकै मोहन सुवेदीले निलकमल निरौलालाई हराएका छन् ।

खुला सदस्य तर्फ केशव कुमार श्रेष्ठ, कुलमणि बराल, रामदेव साह र परेश कुमार कर्णले जित हात पारेका छन् । यस्तै महिला सदस्य तर्फ मेनुका भण्डारी, तिलोत्तमा दाहाल र कोपिला कार्कीले जितेका छन् ।

लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा ओली पक्षकै भोजराज खनाल बिजयी भएका छन् । उनले मणिराज पोखरेललाई हराएका छन् । महिला सदस्यमा जानुका खनालले जित हात पार्दा लेखा तर्फको खुला सदस्यमा भने राजकुमार श्रेष्ठ निर्विरोध भएका छन् ।

संचालक र लेखा तथा सुपरीवेक्षण समिति गरी कुल १४ पदका लागि भएको निर्वाचनमा १३ पद ओली पक्षले जितेको हो । एकजना भने निर्विरोध बिजयी भएका थिए ।

नेकपाको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल निजामती कर्मचारी संगठन सुनसरीमा आवद्ध कर्मचारीहरु राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड मार्फत चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४