Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लमजुङमा रोकिएन महिला तथा बालबालिका हराउने क्रम, साउनयता ४६ जना बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 5.4K
    SHARES

लमजुङ, २६ पुष । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८ महिला, पाँच बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । त्यस्तै १७ महिला, चार बालिका अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उहाँको भनाइ छ ।

त्यस्तै गत आवमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन÷तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै हराएकामध्ये ४२ महिला, १४ बालिका, ३ नै बालक र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २०७५/७६ मा १०४ महिला तथा बालबालिका हराएका थिए । ती मध्ये ७२ महिला, ६ बालक, २६ बालिका रहेका छन् । तीमध्ये ५४ महिला, चार बालक र २२ बालिका फेला परेका छन् । अठार महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८० महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, ६ बालक र ६ बालिका फेला परेका थिए भने २७ महिला, ६ बालक र १२ बालिका भने भेटिएको छैन ।

त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । ती मध्ये २२ महिला, १२ नै बालक र ६ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ ।

महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ । प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्र्पकमा आएको देखिन्छ । प्रहरीले वर्षेनी ६ देखि १७ जना मात्रै फेला पारेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३÷७४ देखि सबै भन्दा बढी गत आवमा १७ महिला तथा बालबालिका प्रहरीले फेला पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४