Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री संसद छाडेर भागेका भगौडा हुन् : गगन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् ।

संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने ?’

उनले अघि भने, ‘प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो ।’

संसदमा सामना गर्न नसकेर भगौडा जस्तो भागेका प्रधानमन्त्रीले फूर्ती भने युद्ध जितेर आएको भएको उनले टिप्पणी गरे । उनले अघि भने, ‘दशरथ रंगशालाको बक्सिङ रिङमा बक्सिङ खेल्न तयार भएर बसेका छौं । प्रधानमन्त्री ओली बक्सिङ खेल्न आउनुहोला भनेको त त्रिपुरेश्वरबाट भाग्नुभयो । महाबौद्धमा गएर आफैं गोल्डमेडल किन्नु भएछ । त्यही लगाएर आएर बक्सिङ जितेर आएको भन्नुहुन्छ । खेल्नु त भएन भन्दा आएको भए ढालिदिन्थेँ भन्नुहुन्छ ।’

आउनुस्, संविधान पढौं

संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए । थापाले त्यसको पनि जवाफ दिए र खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिए ।

उनले अघि भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’

उनले संसद विघटन असंवैधानिक मात्र होइन, गैर जिम्मेवार कदम भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४