Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सवारी दुर्घटनापछि स्थानीय आन्दोलित, वीरेन्द्रनगर तनावग्रस्त


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 7.4K
    SHARES

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।

शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् ।

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते बसेकी मोटरसाइकल पछाडि बसेकी वीरेन्द्रनगर-११ की २३ वर्षीया ताराकुमारी आलेको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

युवतीको मृत्युपछि स्थानीयबासीले छिन्चु बजारमा प्रर्दशन गरेका थिए । सवारी चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मृतकका आफन्त र स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

प्रशासन र मृतकका आफन्तहरुबीच सहमति हुन नसकेपछि स्थानीयबासी वीरेन्द्रनगरको मंगलगढी चोकमा आएर प्रर्दशन गरेका थिए । उनिहरुले, ‘मान्छे मार्न पाइदैन’, ‘दोसीलाई फाँसी दे, पीडितलाई न्याय दे’ भन्दै नारा बाजी गरेका थिए । प्रदर्शनकारीहरुले वीरेन्द्रनगरस्थित जुम्लारोड सडकखण्ड अवरुद्ध गरे । सडक खुलाउन प्रहरीले आन्दोलनकारीलाई तितरवितर गर्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेका थिए भने प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउण्ड अश्रुग्यास हानेको थियो ।

६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए । ‘हामीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेका छौं । दोसीलाई कानुन बमोजिम कारबाही हुन्छ,’ एसपी भट्टले भने, ‘उनीहरुले फाँसीको नारा लगाइ रहेका छन् । फाँसी दिने कानून छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४