Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड–माधव समूहमा गल्ती सच्याउने प्रयास, आलोपालोमा पहिलो अध्यक्ष माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 8.2K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो ।

आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही पनि दुई नम्बर हुनुहुन्न । दुवै एक नम्बर हुनुहुन्छ’, पाण्डेले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’कै प्रस्तावमा नेपाल पहिलो र प्रचण्ड दोस्रो बरियतामा रहेर बैठक बसेको थियो । तर, अर्को बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन् र उनी नै पहिलो बरियतामा हुनेछन् । ‘आलोपालो अध्यक्ष भनेका छौं, त्यसको प्रारम्भ आठौं स्थायी कमिटी बैठकबाटै गरिसकेका छौं । त्यसैअनुसार, कमरेड माधव नेपालले अध्यक्षता गर्नुभयो । अर्को बैठकको अध्यक्षता अध्यक्ष कमरेड प्रचण्डले गर्नुहुन्छ । यसैगरी आलोपालो हुन्छ’, पाण्डेले भने ।

पार्टी एकीकरणपछि आलोपालो अध्यक्ष भने पनि केपी शर्मा ओलीले प्रचण्डलाई सचिवालयको हैसियतमा झार्ने प्रयास गर्दा अहिलेको समस्या आउनु भूमिका खेलेकाले त्यसलाई सच्याएर जाने पाण्डेले बताए । ‘बिगतमा बराबरी अध्यक्ष भन्ने, तर बैठकमा अर्को अध्यक्ष (प्रचण्ड) लाई सचिवालय सदस्यको हैसियतमा झार्न खोज्ने जुन खालको रवैया रह्यो । त्यसले अन्तरविरोध सिर्जना गर्न धेरथोर भूमिका खेल्यो । त्यसबाट हामी सचेत छौं’, उनले भने ।

नेकपा विधानको धारा १८ (छ) ले आगामी एकता महाधिवेशनसम्मका लागि दुई अध्यक्षले आलोपालो अध्यक्षता गर्ने र अध्यक्षता गर्ने अध्यक्षको बरियता पहिलो हुने उल्लेख गरेको छ । सँगै, यही धाराले आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुने व्यवस्था समेत गरेको छ ।

नेकपा विभाजनपछि यो समूहले केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । पहिलो बैठकको अध्यक्षता नेपालले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४