Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के हो यौन लत ? यसबाट कसरी पाउने छुटकारा ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 4.7K
    SHARES

कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्‍तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् । एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ ।

मनोवैज्ञानिकहरू यस विकृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या ‘सेक्स एडिक्सन’ मान्ने गरिन्छ ।

यौनको लतले कसरी जीवनलाई प्रभावित गराउन सक्छ वा यसको लक्षण र बच्ने उपाय के हो ?

यौन लतको लक्षण बारम्बार यौन भिडियो हेर्ने इच्छा हुनु
यौन लतको मुख्य लक्षण भनेको नै बारम्बार यौनजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैं यौनको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौनकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

जो कसैको साथ यौन सम्पर्क राख्ने इच्छा हुनु
यौन लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौनजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना
यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

हस्‍तमैथुन
हुन त यो प्राकृतिक प्रक्रिया हो । तर यदि कुनै व्यक्तिलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौन लत लागिसकेको छ ।

डिप्रेसन, चिन्ता र मदिराको लत
यदि तपाईं यौन सम्बन्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

यौनको लतबाट बचने तरिका
यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी-एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौनको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४