Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पल्सर स्पोर्टस अवार्ड-२०७६ : एनएसजेफ र केल्मी नेपालबीच प्रायोजन सम्झौता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 3K
    SHARES

काठमाडौं,/ आसन्न १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।

आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो ।
मञ्चका अध्यक्ष दूर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेबीच प्रायोजन.सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अवार्डको सह–प्रायोजकको रुपमा केल्मी नेपालले ७,५०,०००/- (सात लाख पचास हजार) रुपैयाँ बराबरको एक सय थान विन ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ (पैतिस) सेट गिफ्ट ह्याम्परमा कार्यक्रमको लोगो प्रिन्टसहित उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसंग जोडिएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष सुबेदीले बिषम परिस्थितीमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए ।
घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुदैछ । अवार्डका लागि यसअघिनै पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

हरेक विधामा ५–५ जना मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् । पिपल्स च्वाइसको भोटिङका लागि ई–सेवासँग पनि सम्झौता भइसकेको छ ।

त्यस्तै वर्षका पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् । वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन् ।

त्यस्तै, वर्षका युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् ।

यस्तै, वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसंग प्रायोजन सम्झौता नवीकरण गरेको आयोजक मञ्चले सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङसंग सहकार्य रहेको छ । अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४