Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको स्वागतमा गएनन् मु्ख्यमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । आफ्नोपक्षको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्नुभएको छ ।

नेकपा विभाजनपछि पहिलो पटक काठमाडौं उपत्यकाबाहिर जानुभएका प्रधानमन्त्रीलाई चार दिन अघिदेखि धनगढी पुगेको केन्द्रीय मन्त्री एवं जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट भने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न पुग्नुभएन ।

सामान्यतया कुनै पनि प्रदेशमा प्रधानमन्त्री जाँदा त्यहाँको मुख्यमन्त्री स्वागतका लागि जाने परम्परा छ । मुख्यमन्त्री भट्ट नजानुले कार्यक्रममा नजानुलाई ओलीपक्षीय नेताले गम्भीरताका साथ हेरेका छन् ।

पार्टीमा आएको फुटको असर प्रदेशसम्म परेको प्रसङ्गलाई यसले पनि थप बढावा दिएको छ । भट्ट नेकपाकै दाहाल–नेपाल समूहका मुख्यमन्त्री हुनुहुन्छ । केही दिन अमिात्र मुख्यमन्त्री भट्टले ओलीनिकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । बोहराको बर्खास्तीपछि सुदूरपश्चिम प्रदेशमा पनि ओली समूह र दाहाल–नेपाल समूहको नेकपाको तिक्तता बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४