Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाइँदै, वायुसेवा कम्पनी असन्तुष्ट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने डिजेल र्‍याम्प बस हटाउने योजना बनाएको छ ।

यसलाई अब विद्युतीय बसले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको हो । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेको छ । पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्यतीय बसले प्रतिस्थापन गर्ने उल्लेख छ । प्राधिकरणले कम्पनीहरुसँग रहेका मौजुदा बसको प्रदुषण नापजाँच, हरेक सवारीको सीट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकार समेत खुलाई प्राधिकरणमा पठाउन पत्राचार गरिएको हो ।

प्राधिकरणको यो योजनाबाट वायुसेवा सञ्चालकहरु भने बिच्किएका छन् । खासगरी कोरोना भाइरसको महामारीबाट माथि उठ्न नपाएका वायुसेवा कम्पनीलाई अतिरिक्त भार पार्ने गरी आएको योजना कार्यान्वयन गर्न समेत असम्भव हुने कम्पनीहरुको भनाइ छ ।

वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कोरोना महामारीमा १७ अर्ब ५० करोडभन्दा माथिको आम्दानी गुमाएका वायुसेवा कम्पनीले करोडौं खर्च गरी नयाँ बस ल्याउन नसकिने उल्लेख गरेका छन् । उनले वायुसेवा कम्पनीले सञ्चालन गरेको र्‍याम्प बसको साटो निजी क्षेत्रबाट बस सञ्चालनको प्रयास यसअघि भएको भन्दै यसपटक पनि त्यस्तै हो की भन्ने आशंका गरेका छन् । उनका अनुसार २०६० सालमा विमानस्थलभित्र बस सञ्चालन गर्न प्राधिकरणले निजी क्षेत्रलाई घुसाउने प्रयास गरेको थियो । त्यसबेला वायुसेवा कम्पनीको कडा प्रतिवादपछि यो काम रोकिएको थियो ।

वायुसेवा सञ्चालक संघकाअनुसार अहिले आन्तरिक उडानमा सबैजसो कम्पनीले आफ्नै बस प्रयोग गरी यात्रुलाई टर्मिनलबाट हवाईजहाजसम्म लैजान्छन् । अन्तर्राष्ट्रिय उडानमा भने नेपाल वायुसेवा निगमले यसको जिम्मा लिएको छ ।

एयर साइडमा सञ्चालन हुने र्‍याम्प बस तथा अन्य सवारी साधनमा यातायात व्यवस्था विभागले तोकेको प्रदुषण मापदण्डको पूर्ण परिपालना भएको तथा तेस्रो पक्ष बीमा समेत भइसकेको आयोजनाले जनाएको छ । डिजेल बस प्रतिस्थापन गर्ने योजनाले यी बस प्रयोगविहिन हुने र वायुसेवा कम्पनीको करोडौं लगानी पुनः डुब्नेतर्फ समेत आयोनले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४