Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मर्मत गर्दा भएको गल्ती लुकाउन अन्डरग्राउन्ड लाइनलाई दोष !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । भूमिगत गरिएको विद्युत लाइन खतरनाक हुने बतउँदै ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गत आइतबार एउटा दृष्टान्त दिँदै भनेका थिए,’कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउन्ड बिजुली बनाउँदैछन् । अस्ति महाराजगञ्जमा अन्डरग्राउन्डको सट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया छ साथीहरुले ।”

विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि महारजगञ्ज क्षेत्रको चपलीमा अन्डरग्राउन्ड बिजुली ब्रस्ट हुँदा समस्या आएको भन्दै मन्त्रीको भनाइमा सहमति जनाएका छन् । तर, खासमा भने त्यो समस्या भूमिगत गरिएको तारको कारण नभएर प्राविधिक मर्मतको काम गर्दा भएको लापरवाहीका कारण भएको खुलेको छ ।

अघिल्लो शुक्रबार काठमाडौंको चपली सबस्टेसनबाट महाराजगञ्ज स्विचिङ स्टेसनमा आएको ११ किलोभोल्ट (केभी) भूमिगत लाइनमा खराबी (फल्ट) आएको थियो । चपली सबस्टेसनबाट ११ केभीका दुई वटा फिडर लाइनलाई समानान्तर रुपमा भूमिगत गरी महाराजगञ्ज सबस्टेसनमा ल्याइएको छ ।

लाइनमा फल्ट देखिएपछि स्विचिङ स्टेसनमा उक्त फिडरबाट आउने विद्युत आपूर्ति बन्द भएको थियो । महाराजगञ्ज स्विचिङ स्टेसनबाट राष्ट्रपति कार्यालय तथा निवास, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कान्ति वाल अस्पताललगायतका संवेदनशील कार्यालयमा विद्युत आपूर्ति गरिन्छ ।

स्विचिङ स्टेसनले मागअनुसार विद्युत आपूर्ति गर्न नसकेपछि महाराजगञ्ज क्षेत्रका केही ठाउँमा बत्ती काटेको थियो । प्राधिकरणका टोली भूमिगत लाइनमा आएको समस्या पत्ता लगाउन परिचालन भयो । टोलीले फल्ट पत्ता लगाउन प्रयोग हुने ‘फल्ट लोकेटर’को प्रयोग गरी भूमिगत लाइनमा आएको फल्ट खोज्दै हिँड्यो । र,  चपली मोडमा लाइनमा फल्ट भएको पत्ता लगायो ।

टोलीले अब त्यहाँ खन्यो र भूमिगत तार फेला पार्‍यो । समानान्तर गएका दुई लाइनमध्ये एउटा लाइनमामात्रै फल्ट भएको थियो भने अर्को लाइन चालु (लाइभ) थियो । मर्मतसम्भारका लागि गएको टोलीले खनेपछि दुई लाइनमध्ये कुन लाइनमा फल्ट आएको हो भन्ने परीक्षण गरेन ।

उनीहरुले फल्ट भएको लाइनको पहिचान नगरी काम सुरु गरे । जसले गर्दा उनीहरुले फल्ट भएको लाइनमा नभएर चलिरहेकै लाइनमा काम सुरु गरे । यसबाट चालु आवस्थामा रहेको लाइन पनि बन्द हुन पुग्यो ।

यसबाट दुई वटै भूमिगत लाइनमा भइरहेको विद्युत् आपूर्ति बन्द भइदियो । प्राधिकरणका एक अधिकारीका अनुसार अहिले आफ्नो गम्भीर गल्तीलाई ढाकछोप गर्न भूमिगत लाइन जोखिमयुक्त भएको प्रचार गरिएको हो ।

‘यस्तो गम्भीर गल्ती हुँदा पनि प्राधिकरण व्यवस्थापनले कुनै चासो दिएको छैन, उल्टै संसारभर सुरक्षित मानिएको र सफल प्रयोग भइरहेको भूमिगत विद्युत वितरण प्रणालीको नै विरोध गर्न थाल्नु भएको छ’,प्राधिकरणका एक इन्जिनियरले भने ।

जमिन माथिकोभन्दा (ओभरहेड) भूमिगत लाइन सुरक्षित मानिन्छ । प्राविधिक रुपमा आफूलाई अब्बल र काबिल इन्जिनियर भनिएका कार्यकारी निर्देशक शाक्य पनि भूमिगत विद्युत लाइन खतरनाक हुने बताएर हल्काफुल्का रुपमा प्रस्तुत हुन नहुने ती इन्जिनियरले बताए ।

‘कार्यकारी निर्देशकले आफ्नो प्राविधिक ज्ञानलाई तिलाञ्जली दिएर मन्त्रीज्युले ज्ञानको अभावमा बोलेको प्राविधिक कुरामा सहमति जनाउनु सही हुन्न,’ उनी भन्छन्,’जुनसुकै लाइनमा प्राविधिक समस्या आउनु सामान्य कुरा हो, तर सफेद झुट बोलेर आधुनिक प्रणालीलाई नै खतरनाक हो भन्नु किन परेको होला ?’

भीआईपी क्षेत्रमा लाइन प्राविधि गल्तीका कारण धेरै समय काट्नु परेको कारण दबाव बढ्ने डरमा  कमजोरी ढाकछोप गर्न झुटको सहारा लिन सही नहने ती इन्जिनियरले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४