Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीयको दबाब र मागपछि त्रिवेणी मेला लगाउने कटारी नगरपालिकाको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 4.8K
    SHARES

उदयपुर, / स्थानीयको दबाब र मागपछि कटारी नगरपालिकाले त्रिवेणी मेला लगाउने निर्णय गरेको छ । यही पुष १३ गतेको कार्यपालिकाको बैठकको निर्णय भन्दै मेला नलगाउने जनाएको नगरपालिकाले फेरि आज कार्यपालिकाको बैठक बसेर मेला लगाउने निर्णय गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठ बताए ।

मैनी मेलाले समेत परिचित त्रिवेणी मेला कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष नलगाउने निर्णय गरिएकोप्रति स्थानीयले सामाजिक सञ्जालमा, पार्टीको सभा सम्मेलन, बिरोध जुलुस गर्दा कोरोना नलाग्ने तर, परापूर्व कालदेखि लाग्दै आएको मैनी मेला लगाउदा कोरोना लाग्ने ? भन्दै विरोध जनाउदै आएका थिए ।

वडा नम्बर २ को तावा, कमला र ककरु नदीको संगमस्थल त्रिवेणीमा हरेक वर्षको माघेसंक्रान्तिदेखि मेला लाग्दै आएको छ । परापूर्वकालदेखि नै विगतमा माघ महिनाभरि र शसस्त्र द्वन्दका समयपछि १५ दिनसम्म यो मेला लाग्दै आएको थियो ।

त्रिवेणी मेलामा आएर भाकल गरे अनुसारको पशु पन्क्षी वलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ । विगतमा प्रदेश १, २ र बाग्मती प्रदेश तथा भारतबाट समेत यस मेलामा मकर नुवाई पूजा आराधना गर्न दर्शनार्थीहरु आउने गरेका थिए ।

विगतमा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग व्यापारिक सम्बन्ध कायम राखेको त्रिवेणी मेला पूर्वाञ्चलकै ऐतिहासिक र लामो समय लाग्ने मेलाका रुपमा परिचित थियो ।

कोरोना भाइरसका कारण स्वास्थ्य सतर्कता तथा सबै खाले सतर्कता अपनाएर मेला आयोजना गर्न दिइने भएको नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताए । यो वर्ष त्रिवेणी स्पोर्ट क्लबको व्यवस्थापनमा मेला लगाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४