Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसदको प्रश्न : प्रधानमन्त्रीलाई सम्माननीय भनौं कि असम्माननीय ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् । बिहीबार बसेको बैठकमा बोल्दै सांसद मृगेन्द्रकुमार सिंह यादवले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरण विपरीत काम गरेको सांसद यादवको आरोप छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, काम सम्मान पाउने गर्नुभएको छैन, सम्माननीय प्रधानमन्त्री भनौं कि असम्माननीय प्रधानमन्त्री भनौं ? बडो द्विविधामा छु’ बैठकमा यादवले भने ।

पार्टीको आन्तरिक विवादलाई निहुँ बनाएर जननिर्वाचित संस्था विघटन गर्नुलाई सांसद यादवले श्रीमती वा बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गरे ।

आफूलाई घेराबन्दीमा पारेको भन्ने प्रधानमन्त्रीको भनाइको पनि उनले प्रतिवाद गरे । यादवले भने, ‘घेराबन्दीमा पार्‍यो रे ! कसले पार्‍यो घेराबन्दीमा? चुच्चे नक्सा ल्याउँदा के प्रतिपक्ष के सत्तापक्ष सबैले साथ दिएको होइन ? कुन विषयमा गर्‍यो संसदमा उहाँलाई घेराबन्दी ?’

देशको अभिभावक र संविधानको संरक्षक राष्ट्रपतिले पनि प्रधानमन्त्रीको कदमलाई सदर गर्न नहुनेमा उनको जोड थियो । यादवले भने, ‘मिल्छ भने संसद् विघटन फिर्ता लिइयोस् ।’

राष्ट्रियसभाका सांसदहरू बामदेव गौतम, गंगा बेल्वासे, रामनारायण विडारी, प्रकाश पन्थ लगायतले पनि प्रधानमन्त्रीले असंवैधानिक तरिकाले सनकको भरमा प्रतिनिधिसभा विघटन गरे भन्दै विरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४