Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सांसदको प्रश्न : प्रधानमन्त्री को हो ? हिटलर हो ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन् ।

‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ? अरु राजनीतिक दलले मात्र मानिदिनुपर्ने’ उनले प्रश्न गरे ‘प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको ? उहाँले जे गर्नुहुन्छ त्यो मानिदिनुपर्ने ?’ सांसद रायमाझीले प्रधानमन्त्री ओलीले संविधान विपरीत संसद विघटन गरेको र काम चलाउन भइसकेको सरकारमा मन्त्री थप गरेको भन्दै आलोचना गरे ।

उनले प्रधानमन्त्रीले पदमा रहने आफ्नो योग्यता गुमाएको पनि टिप्पणी गरे । संविधानअनुसार प्रधानमन्त्री रहन संसद सदस्य रहनुपर्ने, बहुमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठीक हुनुपर्ने उल्लेख गरेको भन्दै रायमाझीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न गरे ।

‘असंवैधानिक काम गर्ने व्यक्ति प्रधानमन्त्री हुन सक्छ कि सक्दैन ?’ उनले भने ‘उहाँको मानसिक सन्तुलन गुमिसक्यो भन्न मिल्छ कि मिल्दैन ?’

सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको पनि बदनाम गरेको रायमाझीले टिप्पणी गरे । राष्ट्रपतिलाई हरेक कागजमा सही गराउने ? ‘उहाँ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हो ? नेकपाको कार्यकर्ता हो ?’ रायमाझीले प्रश्न गरे ।

सरकारले राष्ट्रपतिलाई प्रभावमा पारेर महिलाहरु काम गर्न असक्षम भएका हुन् भन्ने प्रश्न खडा गरिदिएको पनि बताए । ‘तर एउटा तानाशाहको भरमा हिँड्दा राष्ट्रपति माथि प्रश्न उठेको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीका कारण गणतन्त्र मुलुकको लागि अफापसिद्ध हो भनेर प्रचार गर्नेहरु हौसिएका रायमाझीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४