Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेश सभा बैठक माघ ७ बाट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । बागमती प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते आव्हान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विप्णुप्रसाद प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना निकालेर माघ ७ गते बुधबार अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएको छ । बैठक प्रदेश सभा भवन मकवानपुर हेटौंडामा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको प्रभाव प्रदेशमा पनि देखिएका बेला प्रदेश सभा बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको उक्त कदमपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी भिन्न समूह क्रियाशील छन् । बागमती प्रदेश सभामा पनि यसको असर देखिनेछ ।

प्रचण्ड नेपाल समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वाशको प्रस्ताव दर्ता गराईसकेको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने उनीहरूको प्रस्ताव छ । तर मुख्यमन्त्री पौडेलले भने अविश्वाशको प्रस्ताव सामना गर्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४