Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 4.1K
    SHARES

विराटनगर, /  केहीदिन अघि काठमाडौंमा देखिएको उच्च वायु प्रदूषणको समस्या प्रदेश १ को राजधानी विराटनगरमा पनि देखापरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ ।

महानगरपालिकाले एक विज्ञाप्ती जारी गर्दै फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो । महानगरले प्रदूषण उच्च तहमा पुगेको भन्दै महानगरले मर्निङ वाक नगर्न भनेको छ ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०-६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । विराटनगरमा हावाको गुणस्तर १६० भन्दा माथि छ।

विराटनगर महानगरपालिकामा सडक विस्तारको क्रममा धेरै रुख काटिएकोले पनि वातावरण सन्तुलन हुन नसकेको हो। गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ। प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४