Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी प्रजातन्त्रमाथि कालो धब्बाः हार स्वीकार्न नसकेका ट्रम्पले गराए संसद भवनमै आक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 6.2K
    SHARES

एजेन्सी, पुस २३ । अमेरिकी प्रजातन्त्रमा जनवरी ६ को सन्ध्या कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो ।

निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुले अमेरिकी प्रजातन्त्रको मन्दिर मान्ने गरेको संसद भवन क्यापिट हिलमै आक्रमण गराउनुभयो ।

जसको सर्वत्र निन्दा र भर्त्सना शुरु भएको छ । राष्ट्रपति निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुसम्मले यस हर्कतको निन्दा गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचित बाइडनले यस आक्रमणलाई विद्राहको संज्ञा दिँदै तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गर्दै भन्नुभयो, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन् ।’

राष्ट्रलाई सम्बोधन गर्दै उहाँले ट्रम्प समर्थक भिडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गर्दै यो ‘अति भएको’ टिप्पणी गर्नुभयो ।

क्यापिटल भवनमा केही व्यक्तिले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिस भएको र यो देशद्रोह हो, उहाँको निचोड थियो ।

उपराष्ट्रपति माइक पेन्सले यो हिंसा खप्न नसकिने भन्दै जो जो संलग्न छन् तिनलाई सख्त कार्वाह्ी गरिने चेतावनी दिँदै भन्नुभयो, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजायँ दिइनेछ ।’

सिनेटर चक शूमरले यस घटनालाई एक अन्तिम, भयानक र अमिट विरासतको संज्ञा दिँदै भन्नुभएको छ, ‘६ जनवरीलाई अब हामी अमेरिकी इतिहासको सबैभन्दा बदनामीका रुपमा चिनिने सूचीमा जोड्न सक्छौं ।’

प्रजातन्त्रका लागि पवित्र यस मन्दिरमा रहेका निर्वाचित प्रतिनिधिहरु आफ्नो ज्यान जोगाउनकै लागि भागम्भाग गरिरहेको दृश्य संसारले देख्नपर्नु गम्भीर लज्जाको विषय भएको उहाँले बताउनुभयो ।

यो अमेरिकालाई एक धब्बा भएको भन्दै शूमरले यो त्यति सजिलै धुन नसकिने र ४५औं अमेरिकी राष्ट्रपतिको एक अन्तिम, भयानक, अमिट विरासत पक्कै पनि हामी सबैका लागि खराब भएको टिप्पणी गर्नुभएको छ ।

ट्रम्पको यी उग्र आक्रमणकारी जत्था प्रदर्शनकारी नभई ‘घरेलू आतंकवादी’ भएको र यिनले अमेरिकाको प्रतिनिधित्व गर्न नसक्ने पनि उहाँल्े उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४