Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 6.8K
    SHARES

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका – ९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका-१ देवीस्थानका २१ वर्षीय राजन तामाङ रहेका छन् ।

पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट बा ९२ प ७६३० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पर्साको  ठोरी गाउँपालिकाका पूर्ण बहादुर थापाले उक्त नम्बरको मोटरसाइकल काठमाण्डौं सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको भन्दै खोज तलासका लागि ट्राफिक महाशाखामा उजुरी दिएका थिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिइ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४