Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीका थारु गाउँमा माघीको तयारी धुमधामले सुरू


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 8.7K
    SHARES

कैलाली, /  टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थाल्नुभएको छ । “तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेकी छु । दुनाटपरी लगाउनु छ”, उहाँले भन्नुभयो, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नु छ । अब फुर्सद हुन्न ।”

टीकापुर–१ वनगाउँका सन्देश थारु पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त हुनुहुन्छ । “माघी हाम्रो प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको शुरुआत हो । यस समयमा हामी खानपान, रमाइलोमात्र होइन वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं”, सन्देशले भन्नुभयो, “यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौँ । यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ ।”

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी शुरु गरिएको छ । माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको बनगाँउका बडघर पहारुलाल चौधरीले बताउनुभयो । “माघीका लागि आवश्यक मासुको जोहो शुरु भइसकेको छ । गाउँमा मिलेर जिता ढाल्ने चलन छ”, बडघर चौधरीले भन्नुभयो, “यसरी काटिएको मासु सबैलाई बराबर भाग लगाइन्छ । यसले एकताको सन्देश दिन्छ ।”

माघी नजिएकाले गाउँघरमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका पूर्वबडघर जीतबहादुर चौधरीले बताउनुभयो । “यतिखेर गाउँका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी शुरु भएको छ”, उहाँले भन्नुभयो, “माघी पर्वले थारु गाउँमा रौनक ल्याउँछ । नयाँ जोश र उमङ्गका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो ।”

माघीमा मघौटा नाच नाच्नु थारुको पुख्र्यौली र विशेष परम्परा हो । माघमा विशेषरूपमा तीन दिनसम्म मघौटा नाच नाचेर गाउँघरलाई रोमाञ्चित बनाउने भएकाले युवायवुती उक्त नाच नाच्ने समूह साथीसङ्गीलगायत मादल बनाउने, गीत गाउने, नाच्ने व्यक्ति छनोट गरिरहेका बनगाँउकी सुस्मिता चौधरीले बताउनुभयो । “सबै साथीहरु मिलेर, कुनकुन गीत गाउने, कहाँकहाँ नाच्ने, कति जनाको समूह बनाउने भनेर छलफल गरेर नाचको तयारी गरिरहेका छौँ”, सुस्मिताले भन्नुभयो, “नाचेर कमाएको रकम केमा खर्च गर्ने भन्नेबारेमा पनि छलफल भएको छ । यसरी कमाएको रकम सामाजिक काममा खर्च गर्ने सहमति भएको छ ।”

थारु समुदायले यही पुस अन्तिम दिन जिता मार्ने, माघ १ गते लाहन (नदीमा गएर नुहाउने) र २ गते खोज्नीबोज्नी (छिनोफानो तथा निर्णय गर्ने) गरी तीन दिन माघ पर्व धुमधामसँग मनाउने गर्दछन् । माघीको समयमा थारु समुदायमा घर छुट्टिने चलन पनि छ । माघीमा घर छुट्टिएमा गाउँका अगुवा तथा बडघर मिलेर छिनोफानो तथा बाँडफाँड गरिदिने चलन छ । “हरेक पर्व जाति विशेषको आधारमा सबैका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । उनीहरुको परम्परा, संस्कार, धर्म, जात, भौगोलिकताको आधारमा मनाइने भएकाले सबैले आ–आफ्नो पर्वलाई महत्व दिई मनाइन्छ”, टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामाल डगौरा थारु भन्नुहुन्छ, “थारु समुदायको माघी पर्व पनि एक हो । माघी पर्व मनाउनका लागि थारु गाँउमा अहिलेदेखि तयारी शुरु भएको हो । यो पर्वले एकता र भाइचाराको सम्बन्ध स्थापित गर्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४