Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 7.6K
    SHARES

विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।

वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्न सक्छ । हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २.५’ र ‘पिएम १०’ स्केलमा पनि मापन हुने उनले बताए ।

उनका अनुसार चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको हो । ‘चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने बताउँदै उनले भने, ‘हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई गम्भिर असर गर्छ ।’

औद्योगिक सहरको रुपमा रहेको विराटनगरमा सवारी चाप पनि उच्च छ । प्रदूषित हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुको मात्रा बढी पाइने बताउँदै उनले भने, ‘धातुले श्वासप्रश्वासको माध्यमबाट शरीरमा पुगेर स–साना कोषहरु बन्द गर्न सक्छन् ।’ प्रदूषित हावाका कारण श्वासप्रश्वासको समस्यासँग सँगै अन्य गम्भिर रोग देखिनसक्ने उनले बताए ।

विराटनगर महानगरपालिकामा विकास निर्माण परियोजना र ६ लेन सडक निर्माण गर्दा सडक किनारमा रहेका सबै रुख काटिएका छन् । वातावरण सन्तुलन राख्न मद्दत गर्ने बोटविरुवा काटिएका कारण प्रदूषण बढ्दै गएको उनले बताए ।

वातावरण विज्ञ अधिकारीका अनुसार लकडाउनको अवधीमा विराटनगरमा प्रदूषणको मात्रा कम थियो । तर दैनिकी सामान्य अवस्थामा फर्किएसँगै हावा खतराको संकेतभन्दा माथि पुगेको उनको भनाइ छ । चिसो मौसम सुरु भएका कारण धुवा धुलो वायुमण्डलको तल्लो तहमा रहने उनले बताए ।

विराटनगरमा गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ । प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ । वातावरणको अवस्था जानकारी दिनका लागि विराटनगर तिनपैनी चोक नजिकै रहेको जिल्ला वन कार्यालय अगाडि डिस्प्ले बोर्ड राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४