Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पक्राउ पुर्जी अन्नपूर्णले दिन थाल्यो उखु किसानको भुक्तानी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । उखु उद्योगीविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि किसानले भुक्तानी पाउन थालेका छन् । सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको थियो ।

पुर्जी जारी भएपछी उद्योग सञ्चालकले किसानको खातामा करिब ६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । उखु किसानको भुक्तानी गर्ने सम्झौता अनुसार ६ करोड रकम बैंकमा भुक्तानीका लागि राखिएको भए पनि उद्योगीको बैंक खाता रोक्का हुँदा उखु किसानले भुक्तानी पाउन सकेका छैनन् ।

उद्योगीको खातामा रहेको रकम किसानको खातामा मात्र जाने गरी फुकुवाको व्यवस्था गर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । अन्नपूर्णले किसानको १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

बाँकी रकम जोहो गर्नका लागि आग्रह गरे पनि ५ करोड भुक्तानीको लागि उद्योगीले तयारी गरेका छैनन् । उखु किसानलाई तत्काल भुक्तानी उपलब्ध गराउनका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले ताकेता गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४