Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व स्वास्थ्य संगठनको टीमलाई वुहान प्रवेशमा अवरोध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 4.6K
    SHARES

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन ।

चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो । डब्लुएचओको टिममा रहेका दुई सदस्य यसअघि नै चीनका लागि प्रस्थान गरेका थिए । एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना तेस्रो मुलुकमा ‘ट्रान्जिट’ मा छन् ।

भिसामा समस्या देखिएका कारण प्रवेशमा समस्या भएको डब्लुएचओले जनाएको छ । अध्ययनबारे लामो वार्तापछि बेइजिङ्ग र डब्लुएचओबीच सहमति भएको थियो । कोरोना भाइरसको उद्गमस्थल वुहानको मासु बजारबाट कोरोना भाइरसले जनावरबाट मानिसमा संक्रमणको क्रम थालेको विश्वास गरिन्छ । तर, त्यसबारे स्पष्ट हुन डब्लुएचओले विज्ञसहितको अनुसन्धान टोली बनाएको छ ।

चीनले अहिलेसम्म पनि अध्ययन टोलीको आगमन प्रक्रियालाई पूर्णता नदिएको विषयले गम्भीर रूपमा निराश बनाएको डब्लुएचओका प्रमुख टेड्रोस एडहानम ग्रबेयससले बताएका छन् । चीनले आन्तरिक प्रक्रिया तीव्र रूपमा पूरा गरेर टिमको प्रवेश चाँडै सुनिश्चित हुने आश्वासन पाएको उनले बताएका छन् ।

अध्ययनका लागि डब्लुएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञहरूलाई चीन पठाउने तयारी गरेको छ । गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४