Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो भयो : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो पुगेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।

जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए

प्रधानमन्त्री ओलीले मलाई पार्टीभित्रबाटै काम गर्न दिइएन, घेराबन्दी गरियो । त्यसैले संसद विघटन गर्न बाध्य भएँ भन्ने तर्क गरेको उल्लेख गर्दै उनले भने, ‘जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलीको विरोध गरिएकै हो, तर पार्टीभित्र । सुधार्नका लागि गरिएको हो, सच्चिनुहुन्छ कि भनेर गरिएको हो ।’

तर ओलीले राम्रो संस्कार निर्वाह गर्न नसकेको र सबै त्यसको भुक्तभोगी भएको उनले बताए ।

प्रधानमन्त्रीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने विचार नगरी बोल्दा आफूहरुलाई पोल्ने र टाउको उठाएर ताली बजाउने होइन, शिर निहुर्याएर झोक्रिने अवस्था आएको उनले सुनाए । नेता नेपालले अघि भने, ‘किनभने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको थियो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४