Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावमा दुवै समूह एक भएर जानुको विकल्प छैन : मन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 2.6K
    SHARES

सुर्खेत । सरकारका खानेपानी मन्त्री एवं नेकपा ओली समूहका नेता मणिचन्द्र थापाले आगामी निर्वाचनमा नेकपाका दुवै समूह एक भएर जाने बताएका छन् ।

जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा सुर्खेतकाे वीरेन्द्रनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले आगामी चुनावमा प्रचण्ड–माधव समूहसँग सहकार्य गरेर जाने दाबी गरे ।

‘आगामी निर्वाचमा जाँदा नेकपाका दुवै समूहभित्र कुनै न कुनै सहमती र सहकार्य हुन्छ । त्यो आवश्यकता पनि हो,’ मन्त्री थापाले भने, ‘चुनावमा दुवै समूह एक भएर जानुको विकल्प छैन ।’
उनले थपे, ‘तर, अहिले विभिन्न देशी विदेशी शक्तिहरुको चलखेलले नेकपालाई बचाउन नसकेको परिस्थिति हो । अर्को निर्वाचन आउँदासम्म परिस्थिति फेरिन सक्छ ।’

मन्त्री थापाले प्रधानमन्त्री केपी शार्मा ओलीले संसद विघटन र चुनाव घोषणा गरेर देशलाई अस्थिरताबाट बचाएको बताए । देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनतामाझ चुनावमा जानुका विकल्प नरहेको बताए ।

‘ताजा जनमतका लागि चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘सरकार वा प्रणाली संकटमा परे जनतामाझ जाने राजनीति शास्त्रको सिद्धान्त छ । प्रधानमन्त्रीज्यूको कदम अग्रगामी छ ।’

नेकपा ओली समूहको कर्णाली प्रदेश संयोजक समेत रहेका मन्त्री थापाले तत्काल प्रदेश सरकार विघटनको बारेमा सरकारले नसोचेको बताए । ‘अझै पार्टी एकता भंग भएको घोषणा भएको छैन । भंग भए के हुन्छ भन्न सकिन्न ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४