Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा, प्रतिनिधिसभा पुर्नस्थापना नहुँदासम्म आन्दोलन जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 4.2K
    SHARES

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

दाहाल–नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मंगलबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो ।

अनेरास्ववियूले सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने, लाल्टिन जुलुश निकाल्ने, सिठ्ठी, लाठि जुलुश प्रदर्शन गर्ने, प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने लगायतका विरोधका का कार्यक्रम तय गरेको हो ।

अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ ।

संघीय संसदबाट सर्वसम्मतरुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामाग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताउनुभयो ।

तामाङले प्रतिनिधि सभा पुर्नस्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्वविूुले अझै सशक्त कार्यक्रम गर्ने बताउनुभयो ।

माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४