Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सीमामा अवैध रुख कटान गर्दा भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 3.2K
    SHARES

कञ्चनपुर । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको पाइएको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार भारतीय पक्षले गोली चलाउँदा छर्रा लागेर दोधारा चाँदनी नगरपालिका–१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनार घाइते भएका छन् ।

‘घटनास्थलमा एउटा रुख काट्दै गरेको पनि देखिएको छ, फलामको आरा पनि त्यहीँ छ’, थापाले भनेका छन्, ‘त्यसैले भारतीय पक्षको दाबी बलियो देखिएको छ ।’

घाइते सुनारलाई गएराति नै प्रहरीले महाकाली अस्पताल भर्ना गरेको छ । सुनारले भने बजारबाट सामान किनेर फर्कँदै गरेको अवस्थामा आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन् ।

काठ तस्करीमा घाइते सुनार बाहेक अन्य दुई जनामा संलग्न नदेखिएको प्रहरीले जनाएको छ । मंगलबार मंगलबार बिहान सम्पर्कमा आएका सोही ठाउँमा बब्लु चन्दको बयानका आधारमा पनि उनीहरू रुख फडानी गर्न गएको बुझिएको थापाले बताए ।

घटनास्थलको अनुगमनमा गएको टोलीले पनि वन फडानी भइरहेको जानकारी पाएको थियो । ‘यहाँ धेरै रुख काटिएका छन्’, दोधारा चाँदनी नगरपालिका मेयर वीरबहादुर सुनारले भने, ‘हामी पुगेर हेर्दा बन फडानी रोक्दा उनी घाइते भएको देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४