इलाम, / इलामको देउमाइ नगरपालिका आठ जीतपुरमा एक ब्याक्तिले खुकुरी प्रहार गरेर आफ्नै श्रीमततीको हत्या गरेका छन्।
जीतपुर निवासी ४३ वर्षीया सुबास राइले २९ वर्षिया आफ्नै श्रीमती भक्त कुमारी राईमाथि मंगलबार बिहान करिव ५ः३० बजे सुतिरहेकै ठाउँमा खुकुरी प्रहार गरेर हत्या गरेको बताइएको छ।
हत्या भएको खबर पाए सँगै इलाका प्रहरी कार्यालय मंगलबारेले निज अत्याका आरोपी राईलई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।