Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 6.1K
    SHARES

जनकपुरधाम । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ ।

बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो ।

हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ । दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिए ।

इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।

यसअघि गत शनिबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.१६ च ८११ नम्बरको कारको ठक्करबाट बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभार जंगलमा वयस्क पाटेबाघको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४