कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि उक्त पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै भगवता अर्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए ।
यस रिटमा गत कात्तिक १९ गते सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अब पुस २७ गतेसम्म अल्पकालीन अन्तरिम आदेश भने निरन्तर रहनेछ ।
सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिँदा हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठन पाठन गराउने भन्ने समस्या उत्पन्न भएको छ । यो अन्यौल पुस २७ गतेसम्मका लागि लम्बिएको छ ।
