काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि भोलि नयाँ दिल्ली लैजाने तयारी भएको छ ।अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
सिता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो । पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
