तर, आज राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै भौतिक पूर्वाधार विकास मन्त्री फुँयालले भने मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरेका छन् ।
मन्त्री फुयाँलले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनसायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको प्रयास भइरहेको छ ।
