Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनबारे राष्ट्रपति कार्यालयले आज सर्वोच्चमा लिखित जवाफ दिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 4.4K
    SHARES

विज्ञहरूसँग संवैधानिक कानुनी परामर्श सकेर राष्ट्रपति कार्यालयले आज सर्वाेच्चमा लिखित जवाफ पेस गर्ने तयारी रहेकाे कार्यालय स्राेतले जनाएकाे छ ।

यही पुस १० गते संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै एउटा आदेश जारी गरेकाे थियाे । सर्वोच्चद्वारा जारी आदेशमा निवेदनको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो, साेकाे कारणसहित लिखित जवाफ पेश गर्न भनिएकाे थियाे  । उक्त आदेशमा उल्लेख छ- ‘आदेश जारी हुननपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी मिति २०७७/९/१९ सम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी निम्न कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नू ।’

सरकारका तर्फबाट जवाफ पेश भएपछि उक्त मुद्दाकाे अर्को पेसी पुस २२ गतेका लागि तोकिने जनाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितकाे संवैधानिक इजलासमा उक्त मुद्दा विचाराधीन छ । यसमा फैसलाका लागि सहयाेग गर्न संवैधानिक विज्ञ/अधिवक्ताहरू सम्मिलित ‘एमिकस क्युरी’ समेत चयन गरिसकिएकाे छ ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा  संसद विघटनकाे घोषणा भएकाे थियाे । उक्त कदम असंवैधानिक रहेकाे भन्दै दर्जनबढी रिट निवेदन सर्वाेच्चमा दर्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४